Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रास्वपाको प्रशिक्षण कार्यक्रम शुरु


रास्वपाको प्रशिक्षण कार्यक्रम शुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सांसदहरुका लागी आयोजना गरेको संसदीय अभ्यास तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण शुरु भएको छ ।

शनिवार ललितपुरमा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता गणेश पराजुलीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका छन् । प्रशिक्षण कार्यक्रममा सांसदहरुलाई संसदीय समितिमा हुने छलफल, संसदमा राख्ने प्रश्तुती, संसदीय मर्यादा, जिम्मेवारी, दायित्व तथा विषयगत छलफलसम्बन्धी प्रशिक्षण दिइने जनाइएको छ । सांसदहरुको क्षमता विकास गर्ने, आत्ममुल्यांकन गर्ने, सिक्ने, अनुभव आदान–प्रदान गर्ने र भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसरका लागी प्रशिक्षण कार्यक्रम राखिएको रास्वपाले जनाएको छ ।

शनिवारदेखी शुरु भएको प्रशिक्षण आईतवारसम्म चल्नेछ । आईतवार पार्टी सभापति रवि लामिछानेले प्रशिक्षणको समापन गर्नेछन् । प्रशिक्षण कार्यक्रममा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र साह, सभापति लामीछाने भने सहभागी छैनन् ।


प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?