Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

इरानसँग शान्ति सम्झौता नभए भीषण सैन्य आक्रमण गर्ने ट्रम्पको चेतावनी


अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता हुन नसके इरानमाथि विगतको तुलनामा अझ सशक्त र तिब्र रूपमा सैन्य आक्रमण गर्ने चेतावनी दिएका छन् ।

बुधवार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी गर्दै ट्रम्पले तेहरान (इरान) वासिङ्टनसँग शान्ति सम्झौतामा सहमत नभए अमेरिकी सेनाले बमबारी शुरु गर्ने बताएका छन् ।

ट्रम्पले लेखेका छन्, ‘यदि इरान प्रश्तावित शर्तहरूमा सहमत हुन्छ भने—जुन एउटा ठूलो अनुमान हुनसक्छ—हाम्रो चर्चित सैन्य अभियान ‘एपिक फ्युरी’ को अन्त्य हुनेछ । साथै, हालको प्रभावकारी नाकाबन्दी हटेसँगै हर्मुज जलडमरूमध्य इरान लगायत सबैका लागि खुला गरिनेछ ।’

यद्यपि, इरान सम्झौताका लागि तयार हुने कुरामा उनले आशंका व्यक्त गरेका छन् ।

ट्रम्पले अगाडि भने,‘यदि उनीहरू सहमत भएनन् भने बमबारी सुरु हुनेछ र यो दुःखद् रूपमा पहिलेको तुलनामा धेरै उच्च स्तर र तिब्रताको हुनेछ ।’

ट्रम्पको यो अभिव्यक्तिले अमेरिका र इरानबीचको बढ्दो तनावलाई थप स्पष्ट पारेको छ । उहाँले इरानले सम्झौता नगरेको खण्डमा हुने सम्भावित सैन्य परिणाम निकै घातक हुने संकेत दिएका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?