Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

कृषि उत्पादन बढाउन बाँदर र बँदेलको समस्या समाधानका लागि विशेष नीति आवश्यक : सागर ढकाल


काठमाडौँ । सिंहदरबारमा बुधबार बसेको कृषि समितिको बैठकमा रास्वपाका सांसद सागर ढकालले कृषि क्षेत्रमा देखिएको बाँदर तथा बँदेलको समस्या समाधानका लागि विशेष नीति आवश्यक रहेको बताएका छन् ।

बैठकमा  ढकालले खेतीपातीमा बढ्दो क्षति पुर्‍याइरहेको बाँदर र बँदेलको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे । उनले वैज्ञानिक अध्ययन र योजनाबद्ध नीतिमार्फत मात्र यस समस्याको प्रभावकारी समाधान सम्भव हुने बताए ।

ढकालले कृषि क्षेत्रमा देखिएका समग्र समस्याको पहिचान गरी समाधानका उपाय सुझाउन विश्वविद्यालयहरूसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै कृषि औद्योगिकीकरणमा समेत ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘कृषि क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरि समाधानका उपायबारे सिफारिस गर्न विश्वविद्यालयलाई अनुरोध गरौँ । त्यस्तै कृषि औद्योगिकरणमा पनि हामीले फोकस गर्नुपर्छ । बाँदर तथा बँदेलको समस्या समाधानको लागि पनि विशेष नीति लागु गर्नुपर्छ । बाँदर मार्नुपर्छ भनेर हचुवाको तालमा चाँही बोल्नु हुँदैन ।’

उनले अव्यवस्थित प्रतिक्रिया भन्दा पनि अध्ययनमा आधारित नीति निर्माणमार्फत समस्या समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?