Trending
>>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग >>   नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित) >>   आइजिपि नियुक्तिबारे ओलीः उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला >>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय >>   शव पहिचानका लागि पहिलोपटक डीभीआई टोली गठन, डीएनए परीक्षण उपकरणसमेत ल्याइयो >>   राष्ट्रिय ख्रिष्टियन महासंघमा विवादः अनाधिकृत समूहद्वारा कीर्ते र कब्जाको प्रयास भइरहेको महासंघको दाबी >>   राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यकः पूर्वराष्ट्रपति भण्डारी
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

संविधान/कानून विपरितका अध्यादेशहरु सच्याउने गरी प्रश्तुत हुन पार्टीका सांसदहरुलाई काँग्रेस सभापति थापाको निर्देशन


संविधान/कानून विपरितका अध्यादेशहरु सच्याउने गरी प्रश्तुत हुन पार्टीका सांसदहरुलाई काँग्रेस सभापति थापाको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेशमा रहेका संविधान र कानून विपरित प्रधानमन्त्री सच्याउने काममा लाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

बुधवार सिंहदरवारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो निर्देशन दिएका हुन्। सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विधेयकको रुपमा संसदमा आउने भएकाले त्यसमा रहेका संविधान, कानून विपरितका प्रावधान सच्याउने गरी सांसदहरुलाई आफूले बैठकमा भनेको सभापति थापाको भनाई थियो । उनले सरकार संविधानको सीमा बाहिर जान लागेको आफूले पाएको उल्लेख गर्दै आपत्ति समेत जनाएका छन् । सभापति थापाले काँग्रेसले सरकारलाई गलत बाटोमा जान नदिने गरी आफ्नो भुमिका निर्वाह गर्ने पनि बताएका छन् ।

उनले भने,‘सरकारले संविधानको सीमा भित्र बसेर गर्ने सकारात्मक कामहरुमा नेपाली काँग्रेसले कुनै अवरोध पु¥याउँदैन । पार्टीको निर्णय यही हो । हामीले पार्टी संसदीय दललाई पनि यो निर्णय जानकारी गराएका छौँ । तर संविधानको परिधिभित्र रहेर प्रतिपक्षको भुमिका निर्वाह गर्ने पनि हाम्रो काम हो । जहाँ प्रश्न गर्नुपर्ने हुन्छ, त्यहाँ काँग्रेसले प्रश्न गर्छ, जहाँ खवरदारी गर्नुपर्ने हो, त्यहाँ त्यो गर्छ । जहाँ विकल्प सुझाउनुपर्ने हुन्छ, त्यहाँ हामी त्यो काम पनि गर्छौ । यो सन्दर्भमा अहिले यहाँ उठाउनुपर्ने २÷३ वटा विषयहरु छन । यसले हामीले पार्टीले संसदीय दललाई जानकारी गराएका छौ । एउटा विषय कानूनको शासनको सन्दर्भमा छ । डेमोक्रेशी फण्डामेन्टल कुरा भनेको विधिको शासन, कानूनको शासन हो । कानूनको शासनले भन्ने भनेको कानूनभन्दा माथि कोही पनि हुँदैन । तर पछिल्लो समयमा सरकारले गरेका निर्णयहरु जुन गरिकाले गरिएका छन, भएका छन । त्यो कुरा हेर्दै गर्दा के लाग्छ भने यो सरकार एउटा ठूलो भ्रममा छ । मैले ओलीजी प्रधानमन्त्री हुँदा पनि यो कुरा सम्झाएको थिए सार्वजनिक रुपमा नै । मैले भनेको थिएँ–तपाईको सरकार भ्रममा छ । मसँग दुई तिहाई छ । त्यसैले मैले जे कानून बनाएपनि हुन्छ भन्ने थियो । त्यो भ्रमले तपाईलाई डुबाउँछ भनेको थिए । अहिले यो सरकारलाई पनि भन्नुपर्ने भयो । सरकारसँग दुई तिहाई छ । सरकारसँग जहिले पनि बहुमत हुन्छ । अनि न सरकार बन्छ । बहुमतले जहिले पनि कानून बनाउन सक्छ । तर कस्तो कानून बनाउने, त्यो कानूनको प्रयोग कसरी गर्ने भन्ने कुरा हो । यसमा सरकारको ख्याल पुगेका छैन । सम्झाउनुपर्छं भन्ने कुरा हो । दोस्रो विषय अध्यादेशसँग जोडिएको विषय छ । नेपाली काँग्रेस अध्यादेश ल्याउने कुनै नै गलत छ भनेर विषय उठाउने कुरा उचित हुँदैन । अध्यादेश ल्याउने संवैधानिक व्यवस्था छ । हिजो हामीले पनि ल्याएको थियौं । भोली पनि ल्याउनुपर्ने परिस्थिति बन्छ । तर विषय केसँग जोडिएर आउँछ भने केका लागि ल्याइएको हो ? कुन नियतले ल्याइएको भन्ने कुरा चाँही जहिले पनि हेर्नुपर्ने हुन्छ । अहिले दर्जनौ अध्यादेशहरु ल्याइउका छन । राष्ट्रपतिले अध्यादेश बनाईसक्नु भएको छ । अव संसदमा आएको छ । हामीले आज हाम्रो दललाई भनेका छौ–यो प्रत्येक अध्यादेश जुन अव संसदमा आउँछ । भोली यो प्रतिस्थापन विधेयकको रुपमा आउँदा यस भित्र कुन विषय संविधानसम्मत छ, कुन विषय संविधानसम्मत छैन ? कसले नागरिक हक अधिकार खोसेको छ, कुन ठिक छ, कुन ठिक छैन ? भनेर यसलाई जाँच्ने त्यसको आलोकमा प्रश्न उठाउने, र, आश्यक्ता अनुसार सच्याउनका लागि दबाब दिने यो तपाईहरुको काम हो । यो भुमिका निर्वाह गर्नुहोस भनेर भनेका छौँ ।’

सभापति थापाले सरकारले बहुमत छ भन्दैमा एक्लै कानून बनाउने भन्ने भ्रम पाल्न नहुने पनि बताएका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?