Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

विस्थापित सुकुम्वासीलाई नागार्जुन सार्ने तयारी


काठमाडौँ । नदी किनारमा रहेका सुकुम्वासी बस्तीहरू हटाउने आफ्नो अभियानलाई सरकारले तिब्र पारेको छ ।

सोही अन्तर्गत शनिवार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी महानगरले थापाथली क्षेत्रका बस्तीहरूमा डोजर चलाएको छ । महानगरपालिकाकाअनुसार नदी किनारका अव्यवस्थित संरचना हटाउने यो अभियान दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरीगाउँका सुकुम्वासी बस्तीहरू हटाइनेछ भने दोस्रो चरणमा बाँकी रहेका अन्य सुकुम्वासी बस्तीहरू हटाउने योजना रहेको महानगरले जनाएको छ । बस्तीबाट हटाइएका नागरिकहरूको व्यवस्थापनका लागि महानगरले विशेष प्रक्रिया अपनाउने भएको छ । विस्थापित नागरिकहरूलाई शुरुमा विभिन्न ‘होल्डिङ सेन्टर’मा लगिनेछ । त्यहाँ उनीहरूको वास्तविक अवस्थाको पहिचान अर्थात ‘सेग्रिगेसन’ गरिनेछ । विस्थापितहरूलाई राख्नका लागि सरकारले नागार्जुन नगरपालिका (साविक इचंगुनारायण गाविस) मा सुविधा सम्पन्न अपार्टमेण्ट निर्माण गरेको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला वि.सं २०६९ सालमा ती भवन निर्माणका लागि सरकारले १२ करोड रुपैयाँ लगानी गरेको थियो । नागार्जुनका दुई स्थानमा बनाइएका ती दुई भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ गरी जम्मा २२४ ब्लक उपलब्ध छन् । वि.सं. २०६९ मा निर्माण सम्पन्न भएपनि स्थानीयको अवरोधका कारण अहिलेसम्म तिनलाई प्रयोगमा ल्याउन सकिएको थिएन । अब भने महानगरले ती भवनहरूको उपयोग गरी वास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गर्ने लक्ष्य लिएको छ ।


प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?