Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

विमान चार्टर गरेर नेपाल आए १८० चिनियाँ पर्यटक


३० चैत्र, काठमाडौँ । हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् ।

नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो ।

नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा धनञ्जय रेग्मीलगायतले स्वागत गरे । स्वागतपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले कोरोनापछि नयाँ वर्षको पूर्वसन्ध्यामा पहिलोपटक यति ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकलाई स्वागत गर्नपाउँदा ज्यादै खुशी लागेको बताए । “पाहुना भनेको भगवान हुन्, हामी भगवान्को रुपमा सँधै विदेशी पाहुनाको स्वागत गर्दछौँ,” उनले भने ।

मन्त्री किराँतीले नेपाल चीन सम्बन्ध धेरै पुरानो भएकाले यसलाई थप मजबुद बनाउन यस्तो गतिविधिले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । “चीनका महामहिम राष्ट्रपति नेपाल आएको बेलामा हामीलाई एशियाको सबैभन्दा मन पर्ने देश नेपाल हो भनेका थियो, हामी चीनमार्फत थप पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ,” मन्त्री किराँतीले भने ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीन सरकारको ठूलो भूमिका रहेको बताउँदै पोखरा विमानस्थललाई चीनसँग हवाईमार्फत प्रत्यक्ष जोड्न चाहेको बताए । मन्त्री किराँतीले नेपालका कतिपय शहर चीनका विभिन्न सहरसँग मिल्दोजुल्दो रहेकाले चिनियाँ पर्यटकले नेपाललाई मन पराउने आशा व्यक्त गरे । मन्त्री किराँतीले विस २०८० को दशकलाई समृद्धि र पर्यटनको दशकका रुपमा नेपालले मनाउन चाहेको बताए ।

नेपालका लागि चिनियाँ राजदूत छेन् सङले कोरोना नियन्त्रणमा आएसँगै विदेश जाने पर्यटकलाई चीनले खुला गरेको बताए । “चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्न पाउँदा साह्रै खुशी लागेको छ,” राजदूत सङले भने । उनले चिनियाँ पर्यटक नेपालमा भित्रिएसँगै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले सन् २०१९ देखि थला परेको नेपालको पर्यटन उद्योगमा चिनियाँ पर्यटकको आवागमनसँगै थप उत्साह जागेको बताए । नेपालले चिनियाँ र भारतीय पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने उनको भनाइ थियो ।

नेपाल विग माउण्टेन ट्राभलका सञ्चालक एवम् युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले कोरोनापछि चीनले नेपाललाई गत मार्च १० देखि गन्तव्यसूचीमा राखेर नेपालमा पर्यटक आउन थालेकोमा खुशी व्यक्त गरे । उनले आगामी महिना झण्डै आठ सय चिनियाँ पर्यटक नेपालमा ल्याउन लागेको बताए । पर्यटन व्यवसायी नेपालले चिनियाँ पर्यटकलाई नेपाल सुरक्षित गन्तव्यस्थल रहेको सन्देश दिनु जरुरी रहेको बताए ।

एक साताका लागि नेपाल आएको चिनिया टोलीले काठमाडौँ उपत्यकाका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्नुका साथै पुनहिलसमेतको भ्रमण गर्ने कार्यक्रम रहेको पर्यटन व्यवसायी नेपालले जानकारी दिए ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?