Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सार्वजनिक लेखा समितिको सभापतिमा काँग्रेस सांसद खड्काको उम्मेद्वारी दर्ता


सार्वजनिक लेखा समितिको सभापतिमा काँग्रेस सांसद खड्काको उम्मेद्वारी दर्ता

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पदमा नेपाली काँग्रेसका साँसद भरतबहादुर खड्काले उम्मेद्वारी दर्ता गरेका छन् ।

बिहीवार संघीय संसद सचिवालयमा उहाँले उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली काँग्रेसले खड्कालाई सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । खड्कालाई विपक्षी दलहरु नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले पनि समर्थन गरेका छन् । यस्तै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि सार्वजानिक लेखा समितिको सभापतिमा नेपाली काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ । सभापतिमा उम्मेद्वारी दर्ता गरेपछि सांसाद खड्काले सार्वजानिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने परम्परा रहेको बताएका छन् । उनले सर्वसहमतिमा आफू सभापति हुनेमा आशावादी रहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘यो प्रमुख प्रतिपक्षी दललाई नै सहमतिमा दिने भन्ने कुरा छ । यो जितहारको विषय नहोला, सर्वसम्बत तरिकाले निविरोध हुन्छ होला ।’

बिहीवार प्रतिनिधि सभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ । सोहीअनुसार उम्मेद्वारी दर्ता भइरहेको छ । सत्तारुढ दल रास्वपाले सार्वजानिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको छ । रास्वपाको सबै समितिमा बहुमत रहेको छ ।


प्रकाशित मिति: ३ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?