Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

आर्थिक सुधार गरेमात्रै राजनीतिक स्थिरता कायम हुन्छः उपाध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा जस्तोसुकै राजनीतिक व्यवस्था आएपनि आर्थिक विकास र निजी क्षेत्रको प्रबद्र्धन विना सरकार र व्यवस्था टिकाउ हुन नसक्ने बताउनुभएको छ । राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले संघीय संरचना र नयाँ संविधानले जनतामा जगाएको आशा आर्थिक क्षेत्रमा नदेखिएको बताउँदै आर्थिक सुधारमा नयाँ सरकार लाग्नुपर्ने बताउनुभएको हो । उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै गत भदौ २४ गतेको निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने बताउनु भयो । निजी क्षेत्रलाई मात्र दोषी देखाउने र आक्रमण गर्ने परिपाटीले लगानीको वातावरण बिगार्ने उहाँको भनाइ रहेको छ । ढकालले भौतिक पूर्वाधारको अवस्थाप्रति टिप्पणी गर्दै ढकालले जताततै सडक खनिए पनि प्रमुख राजमार्गहरूको अवस्था दयनीय रहेको औंल्याउनु भयो । ठूला र गुणस्तरीय पूर्वाधार (कनेक्टिभिटी) को अभावमा उद्योगी व्यवसायीहरूको ढुवानी लागत अत्यधिक बढेको उहाँको भनाइ छ । ढकालले भन्नुभयो – ‘अहिले बाटो जताततै बनेको छ तर प्रमुख राजमार्ग राम्रो बन्न सकेको छैन । कनेक्टिभिटिका लागि ठूला ठुला पूर्वाधारहरु नबन्दा उद्योगी व्यवसायीको लजिस्टीक कस्ट बढेको छ । हामीले गाउँगाउँमा टावरदेखि सानातिना बाटा बनायाँै, त्यसले इकोनोमिक रिटर्न दिएको छैन् । त्यस्तोमा जनताबाट उठाइएको कर प्रयोग गर्ने होइन ठिक ठाउँमा सरकारले खर्च गर्नुपर्छ । स्वास्थ्य शिक्षातर्फ पनि सुधार गर्नुपर्छ । सातै प्रदेशमा राम्रो शिक्षा पुग्न जरुरी छ ।’ मुलुकको समग्र विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार आवश्यक रहेको ढकालले बताउनु भयो । गुणस्तरीय शिक्षा काठमाडौं केन्द्रित मात्र नभई सातै प्रदेशमा समान रूपमा पुग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा जस्तोसुकै राजनीतिक व्यवस्था आएपनि आर्थिक विकास र निजी क्षेत्रको प्रबद्र्धन विना सरकार र व्यवस्था टिकाउ हुन नसक्ने बताएका छन् ।

राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले संघीय संरचना र नयाँ संविधानले जनतामा जगाएको आशा आर्थिक क्षेत्रमा नदेखिएको बताउँदै आर्थिक सुधारमा नयाँ सरकार लाग्नुपर्ने बताएका छन् । उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै गत भदौ २४ गतेको निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने बताए । निजी क्षेत्रलाई मात्र दोषी देखाउने र आक्रमण गर्ने परिपाटीले लगानीको वातावरण बिगार्ने उहाँको भनाइ रहेको छ । ढकालले भौतिक पूर्वाधारको अवस्थाप्रति टिप्पणी गर्दै ढकालले जताततै सडक खनिए पनि प्रमुख राजमार्गहरूको अवस्था दयनीय रहेको औंल्याएका छन् । ठूला र गुणस्तरीय पूर्वाधार (कनेक्टिभिटी) को अभावमा उद्योगी व्यवसायीहरूको ढुवानी लागत अत्यधिक बढेको उनको भनाइ छ ।

ढकालले भने,‘अहिले बाटो जताततै बनेको छ तर प्रमुख राजमार्ग राम्रो बन्न सकेको छैन । कनेक्टिभिटिका लागि ठूला ठुला पूर्वाधारहरु नबन्दा उद्योगी व्यवसायीको लजिस्टीक कस्ट बढेको छ । हामीले गाउँगाउँमा टावरदेखि सानातिना बाटा बनायाँै, त्यसले इकोनोमिक रिटर्न दिएको छैन् । त्यस्तोमा जनताबाट उठाइएको कर प्रयोग गर्ने होइन ठिक ठाउँमा सरकारले खर्च गर्नुपर्छ । स्वास्थ्य शिक्षातर्फ पनि सुधार गर्नुपर्छ । सातै प्रदेशमा राम्रो शिक्षा पुग्न जरुरी छ ।’

मुलुकको समग्र विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार आवश्यक रहेको ढकालले बताएका छन् । गुणस्तरीय शिक्षा काठमाडौं केन्द्रित मात्र नभई सातै प्रदेशमा समान रूपमा पुग्नुपर्नेमा उनले जोड दिएका छन् ।


प्रकाशित मिति: २६ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?