Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

निजी क्षेत्र राज्यको मेरुदण्ड हो, यसलाई हेर्ने दृष्टिकोणमा स्पष्टता चाहिन्छः सांसद महर


काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऐन महरले निजी क्षेत्र राज्यको मेरुदण्ड भएकाले राज्यले यसलाई हेर्ने दृष्टिकोण र भिजनमा स्पष्टता ल्याउनुपर्नेमा जोड दिएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद महरले नीति भन्दा पहिले राज्यको बुझाइ र दृष्टिकोण प्रधान हुने बताएका हुन् । उनले राज्यको व्यवहार कहिले निजी क्षेत्रलाई अँगालो हाल्ने र कहिले दुश्मन जस्तो देख्ने खालको भएको भन्दै त्यसको आलोचना गरेका छन् । व्यवसायीलाई ‘दलाल’ वा ‘कमिसनखोर’ को रूपमा मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको तर्क थियो । सांसद महरले कर प्रणालीका बारेमा चर्चा गर्दै करको दर बढाउनु भन्दा दायरा बढाउनु पर्ने निजी क्षेत्रको मागमा आफू सहमत रहेको बताएका छन् । व्यवसायलाई प्रतिष्ठित बनाउन निजी क्षेत्र आफैँ पनि जिम्मेवार हुनुपर्ने महरको भनाइ छ । देशको डरलाग्दो व्यापार घाटा कम गर्न आयातमुखी भन्दा निर्यातमुखी व्यवसायमा केन्द्रित हुन उनले आग्रह गरे । विशेष गरी कृषि र पर्यटनमा ठूला लगानीकर्ताहरू आकर्षित हुनुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘“निजी क्षेत्र राज्यको मेरुदण्ड हो। मेरुदण्ड कमजोर भएपछि मान्छे कसरी सस्टेन हुन्छ ? त्यसैले राज्यले निजी क्षेत्र आवश्यक छ भन्ने कुरामा पहिले स्पष्ट हुनुपर्छ । कर सबैले तिर्छन्, तर त्यसलाई व्यवस्थित गर्ने र राज्यसँग जोड्ने कुरा महत्वपूर्ण हो । रोटी पाक्नका लागि ताप्के नै तात्नु प¥यो, बिँड तातेर हुन्न । व्यवसाय केवल नाफा–घाटाको विषय मात्र होइन, यो सेवा र सामाजिक उत्तरदायित्वको क्षेत्र पनि हो । निजी क्षेत्रले नैतिकता र मूल्य–मान्यतालाई आत्मसाथ गरेमा हामीलाई उहाँहरूको पक्षमा वकालत गर्न सजिलो हुन्छ ।’

आफ्नो गृह जिल्ला बझाङको उदाहरण दिँदै उनले त्यहाँ ओखर र टिम्मुर खेतीको प्रचुर सम्भावना रहेको बताए । खप्तड र मानसरोवर जाने ताक्लाकोट नाकाको विकास गरी पर्यटनबाट ठूलो लाभ लिन सकिने योजना पनि सुनाएका छन् । निजी क्षेत्रलाई अर्थतन्त्रको बलियो आधार बनाउन आफू र आफ्नो पार्टी दृढतापूर्वक उभिने प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित मिति: २६ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?