Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सरकारले वैदेशिक अनुदान र ऋणको भरमा देश चलाउने प्रयास नगरोस्ः महेन्द्रबहादुर शाही


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले वैदेशिक अनुदान र ऋणको भरमा देश चलाउने प्रयास गर्न नहुने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले देशमा आत्मनिर्भर अर्थतन्त्रको विकासमा ठोस कदम चाल्न पनि सरकारलाई सुझाव दिनुभयो । सांसद शाहीले सबै भ्रष्टाचारका काण्डहरुको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराएका छन् । उनले भू राजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर परराष्ट्र नीतिलाई अघि बढाउन पनि सरकारले ठोस कदम चाल्न आवश्यक रहेको बताएका छन् ।

सांसद शाहीले भने,‘वैदेशिक अनुदान र ऋणको भरमा मात्रै देश चल्नु हुँदैन । आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक छ । सरकारले यसतर्फ ठोस कदम चालोस् । नेपालको भूराजनीतिक संवेदनशीलतालाई सचेत रहँदै पञ्चशीलताको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिको आधारमा मात्र परराष्ट्र सम्बन्ध सरकारले गरोस् । म आग्रह गर्न चाहन्छु । र सबै भ्रष्टाचारको काण्डहरुको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गरियोस् ।’

सांसद शाहीले सरकारले विना भेदभाव मुलुकमा सुशासन कायम गर्ने अभियानलाई तिब्रता दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?