Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भूसेवा फर्म आन्दोलनका कारण दुई दिनदेखि सुनसरी मालपोत सेवा ठप्प, दैनिक १ करोड राजश्व प्रभावित


सुनसरी । छापामारीको क्रममा पक्राउ परेका सहकर्मी रिहाइको माग गर्दै व्यवसायीले भू–सेवा बन्द गरेपछि सुनसरी मालपोतको सेवा दुई दिनदेखि ठप्प बनेको छ ।

दैनिक सरदर १ करोड हाराहारी राजश्व संकलन गर्दै आएको भूमिसुधार तथा मालपोत कार्यालय सुनसरी हिजैबाट सुनसान छ । फाट्टफुट्ट आएका सेवाग्राही समेत भू–सेवा नहुँदा मार्कामा परेका छन् । इजाजत पाएका फर्मले सेवा बन्द गरिदिदा कार्यालयका कर्मचारी फुर्सदिला बनेका छन् । आएका सेवाग्राही रित्तो हात फर्कन बाध्य छन् । कार्यालय परिषर बाहिर रहेका भू–सेवा केन्द्रले काम रोक्दा मालपोतको सम्पूर्ण सेवा बन्द हुने गरेको छ । जसले गर्दा समेत कार्यालय सुनसान बन्न पुगेको छ ।

कार्यालयमा भू– सेवा डेस्क नहुनु र आन्दोलन भैगएमा के गर्ने भन्ने पूर्व तयारी समेत नभएकाले मालपोतको कामकाज पूर्ण ठप्प बन्न गएको देखिएको छ । सुनसरी इनरूवा मालपोतबाट भू–सेवा इजाजत लिने फर्मको संख्या ५२ रहेको छ । निरन्तर सेवा संचालनमा रहेका भू–सेवा केन्द्रको संख्या भने दुई दर्जन छ । सरकारको निर्देशनमा भएको अनुगमनका क्रममा सुनसरी मालपोतबाट १३ जनालाई सार्वजनिक सेवामा बाधा पुर्याएको भन्दै प्रहरीले प्रकाउ गरेको थियो । सोही पक्राउको बिरोधमा भू–सेवा केन्द्र र लेखापढी फर्म आवद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिदा कार्यालयको सेवा नै प्रभावित बन्न पुगेको छ ।

प्रहरीले सुनसरी मालपोत र यातायात कार्यालय इटहरीबाट गरी १८ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनिहरू सबैको हकमा ५ दिन म्याद थप गरेको छ ।


प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?