Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

काँग्रेस नेता, कार्यकर्तालाई शेखर कोइरालाको स्पष्टोक्तिः म पार्टीको कुनैपनि समूहमा छैन


काँग्रेस नेता, कार्यकर्तालाई शेखर कोइरालाको स्पष्टोक्तिः म पार्टीको कुनैपनि समूहमा छैन

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले आफू पार्टीको कुनैपनि समूहमा नरहेको बताएका छन् ।

नेता कोईराला संस्थापन इतर समूहमा रहेको समाचार संप्रेषण भईरहेका बेला उनले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टिकरण दिएका छन् । शनिवार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोईरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाएका छन् । उनले आफ्नो लक्ष्य काँग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दैं त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताएका छन् । काँग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने आफनो इच्छा रहेको नेता कोईरालाको भनाई थियो ।

उनले भने,‘नेपाली काँग्रेसलाई एकढिक्का बनाउनका लागि, नेपाली काँग्रेसलाई एक ठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु । त्यो तपाईहरु ढुक्क हुनुहोस् । म कुनै यो ग्रपमा, त्यो गु्रपमा छैन । तपाईहरु स्पष्ट हुनुप¥यो यो कुरामा । मानिसहरुले, साथीहरुले यही कोठामा, यही हलमा भएका साथीहरुले पनि मेरो बारेमा धेरै कुराहरु लेखेको मैले देखेको छु । सामाजिक सञ्जाल हामी पनि हेर्छौ । हामी हर्दैनौ भन्ने होइन । हामी पनि बुझ्छौँ । तर जसरी प्रश्तुत गरिएको छ । मलाई चिन्ता छैन । मलाई जसले जति गाली गरे पनि हुन्छ । त्यसले मलाई केही पनि असर गर्दैंन । किनभने मेरो एउटै लक्ष्य छ–नेपाली काँग्रेसलाई एकढिक्का बनाएर फेरी हामीहरु पहिलो पार्टीको रुपमा प्रस्तुत हुने मेरो त्यत्ति मात्रै इच्छा हो । अरु मेरो केही इच्छा छैन ।’

त्यस अवसरमा काँग्रेस नेता कोइरालाले विपी कोइरालाको नाममा खोलिएको सो अस्पताललाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि त्यहाँबाट अवकाश पाएका चिकित्सकहरुको विशेष योगदान रहन सक्ने समेत बताएका छन् ।


प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?