Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

न्यायको पहिलो हक शहीद परिवारलाईः रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । उहाँले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको उल्लेख गर्नुभएको हो । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरियो भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले न्यायको हतारो आफ्ना सन्तान गुमाएका बालबालिकाहरुलाई हुने बताउनु भयो । उहाँले न्याय पाउने पहिलो हक शहीद र घाइते परिवारको भएको दाबी गर्नुभयो । उहाँले राजनीतिक रूपमा शहीदका परिवार र आमाहरूको न्यायको हकलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘न्यायको हतारो त घरमा आफ्नो कलिला बालबालिका गुमाएका आमाहरूलाई छ होला नि । त्यो जति हतारो अरू कसैलाई पनि छैन । न्यायको हक सबैलाई छ, तर शहीदको आमाको आँसु पुछ्ने काम सबैभन्दा पहिला हुनुपर्छ । हामी पब्लिक अडिटमा छौँ । हाम्रा हरेक क्रियाकलाप, अभिव्यक्ति, राजनीतिक अभ्यास र निर्णयहरू आम नागरिक सामु छन् ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी र नेताहरू सधैँ ‘पब्लिक अडिट’ मा रहेको बताउनु भयो । उहाँले पार्टीका हरेक गतिविधि, अभिव्यक्ति र राजनीतिक निर्णयहरूलाई नागरिकले नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो । उहाँले रास्वपाले गर्ने हरेक निर्णय पारदर्शी हुनुपर्ने र नागरिकको अपेक्षाअनुसार नै पार्टी अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

उनले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको उल्लेख गर्दै उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरियो भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले न्यायको हतारो आफ्ना सन्तान गुमाएका बालबालिकाहरुलाई हुने बताएका छन् । उनले न्याय पाउने पहिलो हक शहीद र घाइते परिवारको भएको दाबी गरेका छन् । उनले राजनीतिक रूपमा शहीदका परिवार र आमाहरूको न्यायको हकलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘न्यायको हतारो त घरमा आफ्नो कलिला बालबालिका गुमाएका आमाहरूलाई छ होला नि । त्यो जति हतारो अरू कसैलाई पनि छैन । न्यायको हक सबैलाई छ, तर शहीदको आमाको आँसु पुछ्ने काम सबैभन्दा पहिला हुनुपर्छ । हामी पब्लिक अडिटमा छौँ । हाम्रा हरेक क्रियाकलाप, अभिव्यक्ति, राजनीतिक अभ्यास र निर्णयहरू आम नागरिक सामु छन् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी र नेताहरू सधैँ ‘पब्लिक अडिट’ मा रहेको बताएकका छन् । उनले पार्टीका हरेक गतिविधि, अभिव्यक्ति र राजनीतिक निर्णयहरूलाई नागरिकले नजिकबाट नियालिरहेको उल्लेख गरेका छन् । उनले रास्वपाले गर्ने हरेक निर्णय पारदर्शी हुनुपर्ने र नागरिकको अपेक्षाअनुसार नै पार्टी अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?