Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सरकारले जन चाहना अनुसार काम गर्छः डा. अमरेशकुमार सिंह


सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताउनुभएको छ । शुक्रबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी गर्नुभएको हो । सांसद सिंहले सरकारले कुनैपनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताउनु भयो । जनताले विश्वास गरेर मत दिएकाले त्यसको सदुपयोग हुनेगरी सरकार अघि बढ्ने सांसद सिंहको भनाई थियो । उहाँले सरकारले जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने भन्दै सञ्चारकर्मीहरुलाई .३ महिनासम्म त्यसको सुक्ष्म ढंगले निगरानी गर्न पनि आग्रह गर्नुभयो । सांसद सिंहले भन्नुभयो,‘पार्टी र सरकार दुवै जनताको चाहनाअनुसार अघि बढ्छ । परिवर्तनका लागि जनताले हामीलाई जिम्मा दिएको छ । हामी जनताको जीविकामा परिवर्तन देखाएर हाम्रो सरकार र पार्टीले जनतामा परिवर्तनको आभास गराउँछ । म सम्पूर्ण सञ्चारकर्मीहरुलाईं विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने–सरकारको काम तपाईहरुले सुक्ष्म तरिकाले ३ महिना हेरिदिनुस् । र जनताले आफैँ भन्छ कि–हामी कुनै पनि विचौलिया यो देशका स्विकार गर्दैनौ । कुनैपनि किसिमको भ्रष्टाचार, कुशासन स्वीकार गर्दैंन । हाम्रो पार्टी र सरकार यसमा प्रतिवद्ध छ ।’ सांसद सिंहले सरकारले कामलाई प्रभावकारी बनाउने गरी पार्टीले अघि बढने पनि बताउनु भयो ।

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन् ।

शुक्रबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी रेका छन् । सांसद सिंहले सरकारले कुनैपनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताएका छन्  जनताले विश्वास गरेर मत दिएकाले त्यसको सदुपयोग हुनेगरी सरकार अघि बढ्ने सांसद सिंहको भनाई थियो । उनले सरकारले जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने भन्दै सञ्चारकर्मीहरुलाई .३ महिनासम्म त्यसको सुक्ष्म ढंगले निगरानी गर्न पनि आग्रह गरेका छन्  ।

सांसद सिंहले भने,‘पार्टी र सरकार दुवै जनताको चाहनाअनुसार अघि बढ्छ । परिवर्तनका लागि जनताले हामीलाई जिम्मा दिएको छ । हामी जनताको जीविकामा परिवर्तन देखाएर हाम्रो सरकार र पार्टीले जनतामा परिवर्तनको आभास गराउँछ । म सम्पूर्ण सञ्चारकर्मीहरुलाईं विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने–सरकारको काम तपाईहरुले सुक्ष्म तरिकाले ३ महिना हेरिदिनुस् । र जनताले आफैँ भन्छ कि–हामी कुनै पनि विचौलिया यो देशका स्विकार गर्दैनौ । कुनैपनि किसिमको भ्रष्टाचार, कुशासन स्वीकार गर्दैंन । हाम्रो पार्टी र सरकार यसमा प्रतिवद्ध छ ।’

सांसद सिंहले सरकारले कामलाई प्रभावकारी बनाउने गरी पार्टीले अघि बढने पनि बताएका छन्  ।


प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?