Trending
>>   एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए >>   रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप >>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए


एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को मार्चमा १ लाख २० हजार ५ सय १६ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । बोर्डको तथ्यांक अनुसार मार्च २०२६ मा दक्षिण एशियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमनको करिव ३५.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन् । श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, अन्य एशियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २ सय २०, म्यानमारबाट ६ हजार २० र थाइल्याण्डबाट ३ हजार ८ सय ९७ पर्यटक नेपाल आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ । ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन् । युरोप र अमेरिकाबाट आउने पर्यटक घटे पर्यटन बोर्डको तथ्यांकअनुसार विकशित मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ । सन् २०२६ को मार्चमा युरोपबाट जम्मा २० हजार ८ सय ७६ पर्यटक आएका छन् । यो प्रतिशत अघिल्लो वर्षको तुलनामा १८.९ प्रतिशतले कमी हो । खासगरी समीक्षा अवधिमा बेलायत, फ्रान्स,जर्मनीबाट नेपाल आउने पर्यटकको संख्यामा ह्रास आएको छ । समीक्षा अवधिमा अमेरिकाबाट आउने पर्यटकको संख्यामा पनि भारी गिरावट आएको छ । मध्यपूर्वमा देखिएको तनावले युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको तथ्यले देखाएको छ । यद्यपि एशियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकको रूपमा उनीहरुको योगदान महत्वपूर्ण मानिन्छ । सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने कोभिड–१९ शुरु हुनुअघि भने सोही महिनामा १ लाख २७ हजार ३ सय ५१ आगमन भएको देखिन्छ ।

काठमाडौँ । एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को मार्चमा १ लाख २० हजार ५ सय १६ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । बोर्डको तथ्यांक अनुसार मार्च २०२६ मा दक्षिण एशियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमनको करिव ३५.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन् । श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

त्यस्तै, अन्य एशियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २ सय २०, म्यानमारबाट ६ हजार २० र थाइल्याण्डबाट ३ हजार ८ सय ९७ पर्यटक नेपाल आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ । ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन् ।

युरोप र अमेरिकाबाट आउने पर्यटक घटे
पर्यटन बोर्डको तथ्यांकअनुसार विकशित मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ । सन् २०२६ को मार्चमा युरोपबाट जम्मा २० हजार ८ सय ७६ पर्यटक आएका छन् । यो प्रतिशत अघिल्लो वर्षको तुलनामा १८.९ प्रतिशतले कमी हो । खासगरी समीक्षा अवधिमा बेलायत, फ्रान्स,जर्मनीबाट नेपाल आउने पर्यटकको संख्यामा ह्रास आएको छ । समीक्षा अवधिमा अमेरिकाबाट आउने पर्यटकको संख्यामा पनि भारी गिरावट आएको छ ।

मध्यपूर्वमा देखिएको तनावले युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको तथ्यले देखाएको छ । यद्यपि एशियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकको रूपमा उनीहरुको योगदान महत्वपूर्ण मानिन्छ ।

सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने कोभिड–१९ शुरु हुनुअघि भने सोही महिनामा १ लाख २७ हजार ३ सय ५१ आगमन भएको देखिन्छ ।


प्रकाशित मिति: १९ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?