Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

देशभर एसईई परीक्षा आजदेखि शुरु


देशभर एसईई परीक्षा आजदेखि शुरु

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीवारदेखि देशभर शुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि शुरु भएको हो ।

यस वर्ष कुल ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षाका लागि देशभर १ हजार ९ सय ६५ वटा तथा जापानमा १ वटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् । ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी यस परीक्षामा सामेल छन् । उप–नियन्त्रक विष्णुप्रसाद ज्ञावलीकाअनुसार सबैभन्दा बढी परीक्षार्थी काठमाडौं जिल्लामा छन् । काठमाडौंका १३५ परीक्षा केन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिनेछन् । सबैभन्दा कम मनाङ जिल्लामा एउटा परीक्षा केन्द्रबाट मात्र ३७ जना विद्यार्थी सहभागी हुँदैछन् । जापानको परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिनेछन् । यस वर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ जना विद्यार्थी पनि परीक्षामा सामेल छन् । एक पटक असफल भएका विद्यार्थीलाई कम्तीमा तीन पटक परीक्षा दिने अवसर दिइएको छ । २०७९ सालमा नियमित परीक्षामा सहभागी भई अझै उत्तीर्ण हुन नसकेका विद्यार्थी पनि यस पटक परीक्षामा छन् ।बालसुधार गृहमा रहेका विद्यार्थीका लागि नजिकको परीक्षा केन्द्रमार्फत विशेष व्यवस्था मिलाइएको छ । केन्द्राध्यक्षले प्रश्नपत्र र उत्तरपुस्तिका सहित निरीक्षक पठाएर बालसुधार गृहमै परीक्षा सञ्चालन गर्नेछन् । विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीका लागि पनि आवश्यकता अनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ ।

३ घण्टाको परीक्षामा उनीहरूलाई १ घण्टा ३० मिनेट थप समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई तोकिनेछ । परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष एसईईको नतिजा एक महिनाभित्र प्रकाशन गर्ने तयारी गरेको छ । परीक्षाकेन्द्रमै उत्तरपुस्तिका जाँच गर्ने, सोही दिन मार्कस्लिप शिक्षा विकास तथा समन्वय इकाईमा पठाउने र इकाईले तोकिएको समयमा परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यवस्था मिलाइएको छ ।


प्रकाशित मिति: १९ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?