Trending
>>   एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए >>   रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप >>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप


रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी पु¥याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण विनियमावली, २०७९ (दोस्रो संशोधन)’ मार्फत रेमिट्यान्स कम्पनीहरूले २०८७ असार मसान्तभित्र न्युनतम १० करोड रुपैयाँ चुक्ता पुँजी पु¥याए पुग्ने नयाँ व्यवस्था गरेको हो । यसअघि यस्तो पुँजी २०८५ असार मसान्तभित्रै कायम गर्नुपर्ने प्रावधान थियो ।

राष्ट्र बैंकले यसअघि चरणवद्ध रूपमा पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो । जसअनुसार २०८१ सम्म ३ करोड, २०८२ सम्म ४ करोड, २०८३ सम्म ६ करोड, २०८४ सम्म ८ करोड र २०८५ सम्म १० करोड रुपैयाँ पु¥याउनुपर्ने व्यवस्था थियो । तर, नयाँ संशोधनपछि उक्त लक्ष्य हटाइएको छ र सिधै २०८७ सम्म १० करोड पुँजी पु¥याउनुपर्ने प्रावधान राखिएको छ ।

राष्ट्र बैंकले रेमिट्यान्स कारोबारलाई थप व्यवस्थित बनाउने व्यवस्था समेत गरेको छ । संशोधनमार्फत विप्रेषण कारोबारका लागि इजाजतपत्र दिने, नवीकरण गर्ने, निलम्वन तथा खारेज गर्ने, कसूर–दण्डसम्बन्धी व्यवस्था र कम्पनीहरू गाभ्ने–गाभिने वा प्राप्ति गर्ने प्रक्रियालाई स्पष्ट गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार विप्रेषण कम्पनीहरूले राष्ट्र बैंकको अनुमति लिएर सहायक कम्पनीमार्फत भुक्तानी सेवा प्रदायक वा भुक्तानी प्रणाली सञ्चालक सम्बन्धी काम गर्न सक्नेछन् । साथै, रेमिट्यान्स कार्ड जारी गरेर कारोबार गर्न र राष्ट्र बैंकले तोकेका अन्य काम पनि गर्न पाउनेछन् । बैंक तथा वित्तीय संस्थालाई समेत विप्रेषण कारोबार गर्न अनुमति दिइएको छ ।

इजाजतपत्र लिनका लागि विप्रेषण कम्पनीले न्युनतम २५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ भने अन्य कम्पनीका हकमा न्युनतम १० करोड रुपैयाँ पुँजी आवश्यक हुनेछ ।


प्रकाशित मिति: १९ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?