Trending
>>   वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल >>   कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छः हर्क साम्पाङ्ग >>   नवनिर्वाचित मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ ग्रहण >>   प्रधानमन्त्री साहद्वारा पद तथा गोपनियताको शपथग्रहण >>   बालेनको नेतृत्वमा १५ सदस्यीय क्याबिनेट, पाँच महिला समावेश >>   बालेन क्याबिनेटको चित्र स्पष्ट: कुन मन्त्रालय कसलाई ? >>   बालेन शाह प्रधानमन्त्री बनेपछि डा. बाबुराम भट्टराईको शुभकामना >>   बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त >>   श्रद्धा, भक्ति र उल्लासपूर्ण रूपमा राम नवमी मनाइँदै >>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

नवनिर्वाचित मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ ग्रहण


काठमाडौँ । नवनिर्वाचित मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराएका छन् । नयाँ मन्त्रीपरिषदमा प्रधानमन्त्री बालेन्द्र साहले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लिएका छन् ।त्यसैगरी डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायातमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री, खडक पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पदको शपथ लिएका छन् ।

त्यसैगरी डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, सोविता गौतम कानून, न्याय तथा संसदीय मामिलामन्त्री, प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, गीता चौधरी कृषि तथा पशुपंक्षी विकासमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, दीपककुमार साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको शपथ लिएका हुन् ।


प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?