Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

बालेन क्याबिनेटको चित्र स्पष्ट: कुन मन्त्रालय कसलाई ?


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा बन्न लागेको मन्त्रिपरिषद्का लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख मन्त्रालयहरूमा रहने सम्भावित मन्त्रीहरूको नाम करिब टुंगो लगाएको छ।

स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिने तयारी छ भने परराष्ट्र मन्त्रालय शिशिर खनालको भागमा पर्ने देखिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा विराजभक्त श्रेष्ठ र गृह मन्त्रालयमा सुदन गुरुङको नाम अगाडि आएको छ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अमरेश कुमार सिंहले सम्हाल्ने सम्भावना छ भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सोबिता गौतमलाई दिने चर्चा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सुनिल लम्साल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सीता वादीको जिम्मामा पर्ने प्रारम्भिक सहमति बनेको बताइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि प्रतिभा रावलको नाम करिब निश्चित जस्तै भए पनि उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिने विकल्पमा पनि समानान्तर छलफल जारी रहेको स्रोतले जनाएको छ।


प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?