Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छः हर्क साम्पाङ्ग


कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छः अध्यक्ष राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देश निर्माणका लागि भाषणभन्दा व्यवहारिक काम आवश्यक रहेको बताएका छन् ।

शुक्रवार पार्टी सदस्यता वितरण गर्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । अध्यक्ष राईले राजनीतिक नेतृत्वले अब नाराभन्दा परिणाममुखी काममा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । उनले नागरिकको सक्रिय सहभागिता बिना विकास सम्भव नहुने भन्दै मुलुकको विकासका लागि श्रमदान अपरिहार्य रहेको बताएका छन् । ठूलो संख्यामा नागरिकको श्रम परिचालन गर्नसके मात्र विकासले गति लिने भन्दै उनले श्रम संस्कृति पार्टीमा कम्तिमा एक करोड श्रमदाता जोड्ने लक्ष्य रहेको बताएका छन् ।

उनले भने, ‘कुराले देश बन्दैन । कामले मात्रै बन्ने हो । त्यसकारण हामी सबै मिलेर काम गरौँ । मुलुकको विकासका लागि एउटा यस्तो संगठन निर्माण गरौँ जुन संगठनमा थोरैमा पनि एक करोड श्रमदाता होस् । एकैचोटि एक करोड मान्छेको दुई करोड हात चल्दा के हुन्छ होला ? श्रमदानले हामीलाई मुख्यतः तीन फाइदा गर्छ । हाम्रो शरिर बलियो बनाउँछ । यसले हाम्रो समाज बलियो बनाउँछ र श्रमदानले मुलुकलाई विकासको दिशामा अगाडि पनि बढाउँछ । हामी दार्चुलामा पुल निर्माण गर्दैछौँ । राज्यले गर्न नसकेको काम श्रमदानले गर्छ । त्यसले गर्दा यसले विकास पनि गर्छ ।’

सरकारले गर्न नसक्ने कामहरु समेत नागरिकको स्वस्फूर्त श्रमदानले सम्भव हुने उनको भनाइ छ । उनले दार्चुलामा श्रमदानमार्फत पुल निर्माण गर्ने तयारी भइरहेको समेत जानकारी दिएका छन् ।


प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?