Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

श्रद्धा, भक्ति र उल्लासपूर्ण रूपमा राम नवमी मनाइँदै


श्रद्धा, भक्ति र उल्लासपूर्ण रूपमा राम नवमी मनाइँदै

काठमाडौँ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको जन्मोत्सवमा आज देशभर राम नवमी पर्व श्रद्धा, भक्ति र उल्लासपूर्ण रूपमा मनाइँदैछ ।

चैत्र शुक्ल नवमी तिथिमा त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्याको पुत्रका रूपमा भगवान रामको जन्म भएको विश्वास गरिन्छ । यो पर्वले असत्यमाथि सत्यको विजय, धर्मको रक्षा र आदर्श जीवनको सन्देश दिन्छ । घरघरमा तथा राम मन्दिरहरूमा भगवान राम, सीता, लक्ष्मण, भरत, शत्रुघ्न र हनुमानको पूजा गरिन्छ । रामायण पाठ, रामगीता वाचन, भजनकीर्तन र रामनाम जप गर्ने परम्परा छ । धेरै भक्तजनले व्रत बसी नदी, ताल तथा कुण्डमा स्नान गरी पूजा गर्दछन् । नेपालको मुख्य केन्द्र जनकपुरको रामजानकी मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । नेपाल र भारतबाट हजारौं भक्तजन रामसीताको दर्शन गर्न आइपुगेका छन् । मन्दिर परिसरमा झाँकी, सांस्कृतिक कार्यक्रम र भजनकीर्तन भइरहेका छन् ।

बत्तिसपुतलीस्थित राम मन्दिर, पशुपतिको राम मन्दिर लगायत विभिन्न राम मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । यो पर्व चैत्र नवरात्रिको अन्तिम दिनसँग जोडिएको छ । नवदुर्गाको पूजा पनि यस दिन विशेष रूपमा गरिन्छ ।


प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?