Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी


१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ ।

सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोडको स्रोत सहमती लिएर काम अघि बढाएको हो । अर्थ मन्त्रालयको स्रोत सहमतीसँगै सडक डिभिजन चरिकोटले ठेक्का प्रक्रिया सम्पन्न गरी गत मंसिरमा निर्माण कम्पनी एमएस एनएस गाल्वा जे.भीसँग सम्झौता गरी निर्माण कार्य अघि बढाएको छ । १ अर्ब ३४ करोडमा ठेक्का लगाएर काम थालिएको सडक डिभिजन चरिकोटका प्रमुख (सिडिई) नारायणदत्त भण्डारीले बताउनु भयो । सडक स्तरोन्नति अन्तर्गत बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडक डबल लेनको बनाइने भण्डारीले बताएका छन् । डबल लेनमा स्तरोन्नति गर्न आवश्यक स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको छ । अहिले पहिरो जोखि क्षेत्रमा आवश्यक ज्ञाविन वाल र प्वाम्टको काम भइरहेको सिडिई भण्डारी बताउनु हुन्छ । भने हालसम्मको भौतिक प्रगति ७ प्रतिशत रहेको छ ।

यता निर्माणको जिम्मा भएको एमएस एनएस गाल्वा जेभीका सञ्चालक गौरी उप्रेतीले भने निर्माणमा कुनै अवरोध नआए समयमै निर्माण सम्पन्न हुने बताएका छन् । निर्माण कम्पनीले २०८२ मंसिर १ गते ठेक्का सम्झौता गरेर मंसिर २० गतेदेखि साइटमा काम थालिएको उप्रेती बताउनु हुन्छ । आहिले स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको छ ।

निर्माण सामाग्री र आयोजनामा कुनै अवरोध नभए समयभित्रै निर्माण सक्ने तयारी रहेको उप्रतीले बताएका छन् ।


प्रकाशित मिति: १० चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?