Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

ब्याजदर घट्दा शेयर बजारमा हरियाली, एकै दिन ९२. २२ अङ्कले उकालो


२९ चैत्र, काठमाडाैँ । ब्याजदर एकल अङ्कमा झार्ने निर्णयसँगै यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ । बुधबार बसेको नेपाल बैंकर्स सङ्घले बैठकले ब्याजदर एकल अङ्कमा झार्ने निर्णय गरेको थियो ।

ब्याजदर घटाउने निर्णयसँगै आजको कारोबारमा नेप्से परिसूचक ९२ दशमलव २२ अङ्क अर्थात् चार दशमलव ९३ प्रतिशतले बढेर एक हजार नौ सय ६३ दशमलव ५५ अङ्क कायम भएको छ ।

नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज दुई सय ६७ वटा कम्पनीको ६१ लाख सात हजार चार सय २५ कित्ता शेयर ४७ हजार दुई सय ८५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ९७ करोड ६० लाख ७६ हजार बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय ४२ दशमलव ३३ र निर्जीवन बीमा समूहको उपसूचक तीन सय ४३ दशमलव २९ अङ्कले बढेको छ ।

आज बैङ्किङ समूह ६६ दशमलव तीन, विकास बैंक समूह एक सय ९७ दशमलव ८०, वित्त समूह एक सय आठ दशमलव २१, होटल तथा पर्यटन समूह एक सय १८ दशमलव ३६ र जलविद्युत् समूह एक सय २० दशमलव २८ अङ्कले बढेको छ ।

त्यसैगरी लगानी समूह दुई दशमलव ६९, उत्पादन तथा प्रशोधन समूह दुई सय १८ दशमलव २०, लघुवित्त समूह एक सय ७२ दशमलव ६७, म्युचुअल फन्ड शून्य दशमलव ३९, व्यापार समूह ८४ दशमलव २१ र अन्य समूह ४७ दशमलव ५५ अङ्कले बढेको छ ।

आज आधा दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिद्धार्थ इक्विटी फन्ड, सिटिजन्स म्युचुअल फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज तीनवटा कम्पनीको शेयर मूल्य मात्रै घटेको छ । एभरेस्ट बैंक लिमिटेड डिभेन्चर–२०८६ को मूल्य एक दशमलव ९९, सिभिल बैंक डिभेन्चर–२०८८ को मूल्य एक दशमलव १९ र सिद्धार्थ बैंक लिमिटेड डिभेन्चर–२०८३ (१० दशमलव २५ प्रतिशत) को मूल्य शून्य दशमलव ५५ प्रतिशतले घटेको हो ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रु ११ करोड ७१ लाख ३५ हजार तीन सय ४२ बराबरको दुई लाख ८५ हजार आठ सय २६ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?