Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री


राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा (एमाले)का राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा सांसद पदको सपथ लिएलगत्तै उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो प्रतिक्रिया दिनु भएको हो । सांसद झाँक्रीले राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत सबै वस्तुहरुमा छलफल गरेर अघि बढ्न एमाले तयार रहेको बताउनु भयो । उहाँले संविधानमा अपरिवर्तनीय भनेर राखेर प्रावधानबाहेक सबै विषयमा छलफल गर्न सकिने बताउनु भयो । नवनिर्वाचित सांसद झाँक्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभा खारेज गर्न चाहेको छ नि ? भनेर प्रश्न गरिएको थियो ।

उहाँले भन्नुभयो,‘राष्ट्र र जनताको पक्षमा हुने संविधान सम्मत हर चिजहरु संविधानक केही अपरिवर्तनीय धाराहरुबाहेक सबै परिवर्तनशील छन । सबै प्रावधानहरु परिवर्तन हुन्छ । संविधानमा के चिज अपरिवर्तनीय भनेर संविधानमा लेखिएकै छ । त्यसकारण यी सबै विषयहरुमा छलफल हुन सक्छ ।’

सांसद झाँक्रीले निर्वाचनको समिक्षा लगायतका विषयमा छलफल गर्न पार्टीले छिट्टै समिक्षात्मक बैठक बोलाउने पनि बताउनु भयो ।


प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?