Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा


नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको पराजयबाट निराश नभई पार्टी अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गर्ने बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले छिट्टै केन्द्रिय कार्यसमितिको बैठक बसेर पराजयको बुँदा–बुँदामा समीक्षा गरिने जानकारी दिनुभयो । उहाँले काँग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह गर्नुभयो । विगतमा मुलुकले व्यहोरेका अनेकौं प्रतिकूलतालाई चिर्न सफल काँग्रेसले आफ्नै प्रतिकूलतालाई पनि सजिलै चिर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘एकआपसलाई आरोप लगाइराखेर भन्दा पनि एक्यवद्ध र वस्तुगत भएर समीक्षा गरेर आगामी दिनको यात्रा तय गर्नुछ । केन्द्रिय समितिमा रहेका, नरहेका, निवर्तमान नेतृत्व र अलग नेतृत्व सबैसँग सल्लाह र समीक्षा गर्नेछौँ । नेपाली काँग्रेस पार्टीले यो प्रतिकूलतालाई चिन्नेछ, एकतावद्ध भएर सामना गर्नेछ र नयाँ सम्भावनाको विकास गर्नेछ । अब बन्ने सरकारले गर्ने राम्रा काममा साथ दिनेछ, कमजोरीहरूमा खबरदारी गर्नेछ र नेपाली काँग्रेस पार्टी नवीन ढंगले अगाडि आउनेछ ।’ आगामी दिनमा काँग्रेसले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने शर्माले प्रष्ट पार्नुभयो । अब काँग्रेसले आराम नगर्ने बरु संगठन रूपान्तरण गर्दै नवीन सम्भावनाको खोजीमा लाग्ने प्रतिवद्धतासहित उहाँले बताउनु भयो ।

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको पराजयबाट निराश नभई पार्टी अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गर्ने बताउनुभएको छ ।

कुराकानीमा उहाँले छिट्टै केन्द्रिय कार्यसमितिको बैठक बसेर पराजयको बुँदा–बुँदामा समीक्षा गरिने जानकारी दिनुभयो । उहाँले काँग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह गर्नुभयो । विगतमा मुलुकले व्यहोरेका अनेकौं प्रतिकूलतालाई चिर्न सफल काँग्रेसले आफ्नै प्रतिकूलतालाई पनि सजिलै चिर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एकआपसलाई आरोप लगाइराखेर भन्दा पनि एक्यवद्ध र वस्तुगत भएर समीक्षा गरेर आगामी दिनको यात्रा तय गर्नुछ । केन्द्रिय समितिमा रहेका, नरहेका, निवर्तमान नेतृत्व र अलग नेतृत्व सबैसँग सल्लाह र समीक्षा गर्नेछौँ । नेपाली काँग्रेस पार्टीले यो प्रतिकूलतालाई चिन्नेछ, एकतावद्ध भएर सामना गर्नेछ र नयाँ सम्भावनाको विकास गर्नेछ । अब बन्ने सरकारले गर्ने राम्रा काममा साथ दिनेछ, कमजोरीहरूमा खबरदारी गर्नेछ र नेपाली काँग्रेस पार्टी नवीन ढंगले अगाडि आउनेछ ।’

आगामी दिनमा काँग्रेसले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने शर्माले प्रष्ट पार्नुभयो । अब काँग्रेसले आराम नगर्ने बरु संगठन रूपान्तरण गर्दै नवीन सम्भावनाको खोजीमा लाग्ने प्रतिवद्धतासहित उहाँले बताउनु भयो ।


प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?