Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने


हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा बन्ने सरकारले असंलग्न परराष्ट्र नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्दै उहाँले रास्वपाको कुटनीति अब ‘डेभलपमेन्ट डिप्लोमेसी’ (विकास कूटनीति) मा केन्द्रित हुने प्रष्ट पार्नुभएको हो । चितवनमा आयोजित धन्यवाद सभामा बोल्दै लामिछानेले सन्तुलित र एक अर्काप्रति पारस्परिक सम्मानपूर्वक परराष्ट्र नीतिमा अडिग रहने बताउनु भयो । लामिछानेले देशको निजी क्षेत्र र उद्योगी व्यवसायीहरुलाई अब राजनीतिक दल र नेताहरुको चाकडी गर्नुपर्ने दिनको अन्त्य भएको दाबी गर्नुभयो । स्वदेशमा लगानी गर्ने वातावरण बनाउन रास्वपाले विशेष नीति ल्याउने र त्यसले लगानीकर्ताको पूर्ण रक्षा गर्ने उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म अन्तर्राष्ट्रिय समुदायलाई निर्धक्क हुन अनुरोध गर्न चाहन्छु कि रास्वपाले नेतृत्व गर्दा हामी सन्तुलित र एक अर्काप्रति पारस्परिक सम्मानपूर्वक परराष्ट्र नीतिमा अडिग रहनेछौँ । सँगै विकासमा सहकार्य गरेर हाम्रो सम्बन्धको उचाइ नयाँ ठाउँमा पुग्नेछ । म निजी क्षेत्रलाई अनुरोध गर्न चाहन्छु कि अब तपाईंले राजनीतिक दल र नेताको आश्रय लिनुपर्ने दिन गए। रास्वपाको नीतिले तपाईंको रक्षा र सुरक्षा गर्नेछ । स्वदेशमा लगानी गर्ने वातावरण बनाउन र लगानी सुनिश्चित गर्नका निमित्त रास्वपाले निरन्तर काम गर्नेछ ।’

विभिन्न पेशा व्यवसायमा आवद्ध नागरिकहरुलाई नआत्तिन आग्रह गर्दै उहाँले पार्टीको वाचा पत्रअनुसार नै जनताको हक हितको रक्षाका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?