काठमाडौँ। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा गठन गरिएको आयोगले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिएको छ।
आयोगले प्रतिवेदनको अन्तिम रुजु गर्ने काम जारी रहेको र सम्भवतः भोलिसम्म सरकारलाई बुझाउने तयारी भइरहेको जनाएको छ। केही त्रुटि सच्याउने काम भइरहेकाले अन्तिम मिलानपछि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइने आयोगका एक सदस्यले जानकारी दिएका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार