Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल


पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम रास्वपाको पक्षमा आइरहेका बेला प्रवक्ता झाले आवश्यकता भन्दा बढी उत्साहित नभई त्यसलाई देशको समस्या समाधान गर्ने जिम्मेवारीको रुपमा बुझेर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभएको हो । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा भारी मतले निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ मतदाताले आफूहरुलाई विश्वास गरेकाले उनीहरुलाई निराश हुन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । प्रवक्ता झाले आफू र आफन्तका लागि नभई देशका लागि राजनीति गर्न आएकाले त्यसमा सुधार हुँदै जाने कुरामा शंका गरिरहनु नपर्ने जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पनि सबै जनता जाग्ने गर्दछ । अनि परिवर्तन हुन्छ । त्यस्तै नेपालमा पनि त्यो अवस्था आयो । अब राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन सरकार, रवि लामिछानेको नेतृत्वमा रहेको पार्टी, यो सबैले नै देशको समस्या समाधान गर्छ भनेर नै एक किसिमको विश्वास मतदातामा भयो । र त्यो ब्यालेटमार्फत बक्ससम्म पुग्यो । र, परिणामहरु हामीले देखिराखेका छौँ । मधेसको हकमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि मधेशमा छ र भन्ने अवस्थाबाट मधेशको ३२ वटा नै सिट जितिन्छ कि भन्ने अवस्थासम्म पुगिसक्यो । तर यो थप जिम्मेवारी हो । मैले हिजो सामाजिक सञ्जालमा पनि लेखेको थिए–हामीलाई दिइएको जिम्मेवारी हो यो । त्यसैले कोही आवश्यकता भन्दा बढी उत्साहित नहुनु, अख्तियारी दुरुपयोग नगर्नुस् । किनकी हामी पहिलो आफूप्रति कठोर हुनुपर्दछ । नेता बन्न खोज्ने होइन, सहजकर्ता बन्ने हो । यसरी हामीले आगामी यात्राहरु सोच्नुपर्नेछ । किनकी हामी आफ्नो लागि राजनीति गर्न आएको होइन । आफन्त र परिवारको लागि राजनीति गर्न आएको होइन हामी । हामी त देशको लागि राजनीति गर्न आएको हो । हामीलाई पार्टी भन्दा पनि महत्वपूर्ण हाम्रो नागरिक छ । आफन्तभन्दा पनि विकासको खाकाहरु कोर्नु छ । जब प्राथमिकतामा यी कुराहरु पर्छ, तब सुधार भइहाल्छ । त्यसैले हामीलाई विश्वास गर्नुस, हामी निराशा पार्दैनौँ ।’

प्रवक्ता झाले राष्ट्रिय स्वतन्त्र पार्टीले नेता नभई सहककर्ताको रुपमा जनताको सेवा गर्ने समेत बताउनु भयो ।


प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?