Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित


झापा–५ मा केपी ओलीलाई हराउँदै बालेन शाहको सानदार जित

काठमाडौँ। झापा–५ बाट प्रतिनिधि सभा निर्वाचनको मतगणना पूर्ण भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र (बालेन) शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब ५० हजार मतले पराजित गर्दै ऐतिहासिक विजय प्राप्त गरेका छन् ।

बालेनले ६८,३४८ मत प्राप्त गर्दा ओली सीमित १८,७३४ मतमा रोकिए। मतान्तर करिब ४९,६१४ पुगेको छ। तेस्रो स्थान श्रम संस्कृति पार्टीका समिर तामाङले ९,२३३ मतसहित ओगटेका छन् भने नेपाली कांग्रेसकी मंधरा चिमरिया चौथो स्थानमा १,८२१ मतसहित सीमित रहिन्।

झापा–५ क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै आएका ओली यसपटक पहिलोपटक बालेनसँग प्रत्यक्ष भिडन्तमा पराजित भए। बालेन भने पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवारी दिएका थिए र रास्वपाले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो।

यसअघि काठमाडौँ महानगरपालिकाका मेयर रहेका बालेनले संसदीय यात्राको तयारीका लागि मेयर पदबाट राजीनामा दिएका थिए।


प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?