एजेन्सी । अमेरिका र इजरायलले गरेको हवाई आक्रमणमा १ हजार ३ सय ३२ इरानी नागरिक मारिएका छन् । हजारौं घाइते भएका छन् ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै इरानका राष्ट्रसंघीय राजदुतले सो जानकारी दिनुभएको हो । अमेरिका र इजरायली शासनले इरान र इरानी जनतामाथि निरन्तर र बिना रोकटोक क्रुर तथा व्यापक आक्रमण गरिरहेका उनीहरुको आरोप छ ।
घना बस्ती भएका आवासीय क्षेत्रहरू र महत्वपूर्ण नागरिक पूर्वाधारहरूलाई जानाजानी लक्षित गरिएको छ । यी कार्यहरू स्पष्ट रूपमा युद्ध अपराध र मानवता विरोधी अपराध हुन् ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार