काठमाडौँ । मुस्ताङ–१ बाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्।
निर्वाचन आयोगको आधिकारिक वेबसाइट अनुसार गौचनले ३ हजार ३०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रधारा दादु बिष्टले १ हजार ८०६ मत पाएका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आदित्य चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूले ४०९ मत पाएका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार