Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै


प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरका सबै २३ हजार १ सय १२ मतदान केन्द्रहरूमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । बिहानको समयमा हिमाली भेगका कतिपय मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति केही न्युन देखिए पनि दिन छिप्पिँदै जाँदा मतदाताको सहभागिता बाक्लो हुँदै गएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार बिहान १० बजेपछि देशभरका मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति उत्साहजनक रूपमा बढेको छ । आयोगले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार मध्याह्न १२ बजेसम्म देशभर करिव १८ प्रतिशत मतदान सम्पन्न भएको थियो । यद्यपि, यो तथ्याङ्क प्रत्येक मिनेटमा बढिरहेको र जिल्लाहरूबाट विवरण आउने क्रम जारी रहेको आयोगले जनाएको छ । साढे १२ बजेसम्मको रिपोर्टिङअनुसार हिमाली जिल्ला मुस्ताङमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशतभन्दा बढी मत खसिसकेको छ । अन्य जिल्लाहरूमा पनि मतदाताको सहभागिता निकै उत्साहजनक रहेको र समग्र तथ्याङ्क सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । अहिले नै कुल कति प्रतिशत मत खस्छ भनेर अनुमान गर्नु हतारो हुने प्रवक्ता भट्टराईले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा १० बजेपछि उत्साहजनक रूपमा बढेपछि देशैभरि प्रत्येक घण्टा ८ देखि १० प्रतिशतले मतदानको प्रतिशत बढ्दै गएको छ ।’ आयोगले साँझ मतदानको निर्धारित समय सकिएपछि मात्रै कति मतदान भयो भन्ने आधिकारिक र अन्तिम तथ्याङ्क सार्वजनिक गर्ने जनाएको छ । अहिलेसम्मको अवस्था हेर्दा सबै जिल्ला र मतदान केन्द्रहरूमा सहज रूपमा मतदान भइरहेको आयोगको निष्कर्ष छ ।

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरका सबै २३ हजार १ सय १२ मतदान केन्द्रहरूमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

बिहानको समयमा हिमाली भेगका कतिपय मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति केही न्युन देखिए पनि दिन छिप्पिँदै जाँदा मतदाताको सहभागिता बाक्लो हुँदै गएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार बिहान १० बजेपछि देशभरका मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति उत्साहजनक रूपमा बढेको छ । आयोगले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार मध्याह्न १२ बजेसम्म देशभर करिव १८ प्रतिशत मतदान सम्पन्न भएको थियो । यद्यपि, यो तथ्याङ्क प्रत्येक मिनेटमा बढिरहेको र जिल्लाहरूबाट विवरण आउने क्रम जारी रहेको आयोगले जनाएको छ । साढे १२ बजेसम्मको रिपोर्टिङअनुसार हिमाली जिल्ला मुस्ताङमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशतभन्दा बढी मत खसिसकेको छ । अन्य जिल्लाहरूमा पनि मतदाताको सहभागिता निकै उत्साहजनक रहेको र समग्र तथ्याङ्क सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । अहिले नै कुल कति प्रतिशत मत खस्छ भनेर अनुमान गर्नु हतारो हुने प्रवक्ता भट्टराईले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा १० बजेपछि उत्साहजनक रूपमा बढेपछि देशैभरि प्रत्येक घण्टा ८ देखि १० प्रतिशतले मतदानको प्रतिशत बढ्दै गएको छ ।’

आयोगले साँझ मतदानको निर्धारित समय सकिएपछि मात्रै कति मतदान भयो भन्ने आधिकारिक र अन्तिम तथ्याङ्क सार्वजनिक गर्ने जनाएको छ । अहिलेसम्मको अवस्था हेर्दा सबै जिल्ला र मतदान केन्द्रहरूमा सहज रूपमा मतदान भइरहेको आयोगको निष्कर्ष छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?