काठमाडौँ । बिहानीको कलिलो घामले सडकलाई स्पर्श गर्दा, कालो पत्रे सडक आज अलि फरक देखिन्छ ।
मानौं, यो कुनै महान चित्रकारको खाली क्यानभास हो । जो रङहरूको पहिलो थोपाको प्रतिक्षामा छ । हावामा एउटा छुट्टै सुगन्ध छ—अबीरको धुलो र भर्खरै फुलेका फूलहरूको सम्मिश्रण । यो रातो रङ प्रेमको हो, पहेंलो मित्रताको । आज कोही पराई छैन, सबै आफ्ना हुन् । सडकले हामीलाई जोडेको छ । सडक अब सडक रहेन, यो त एउका उत्सवको मैदान बनेको छ । पानीका फोहोराहरूमा इन्द्रेणी झुल्किएका छन् । मानिसहरूका अनुहार चिनिँदैनन्, तर उनीहरूको हाँसो प्रस्ट देखिन्छ ।
प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार