Trending
>>   पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते >>   मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली >>   होलीः सडकमा पोखिएको इन्द्रेणी >>   ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर >>   निर्वाचन देश जलाउने र बनाउने बीचको जनमत सङ्ग्रहः ओली >>   दक्षिण भारतमा पटाका कारखानामा विस्फोटः २१ जनाको मृत्यु >>   जनता अब बाठो भइसके, भ्रम फैलाउनेलाई होइन, विकास गर्नेलाई रोज्छन्ः अध्यक्ष ओली >>   होली मनाउन शुरु, वसन्तपुर चीर पूजा गर्नेको भीड >>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं
Logo
१८ फाल्गुन २०८२, सोमबार
१८ फाल्गुन २०८२, सोमबार

जनता अब बाठो भइसके, भ्रम फैलाउनेलाई होइन, विकास गर्नेलाई रोज्छन्ः अध्यक्ष ओली


जनता अब बाठो भइसके, भ्रम फैलाउनेलाई होइन, विकास गर्नेलाई रोज्छन्ः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता अब सचेत भइसकेको र कसैको भ्रममा नपर्ने दाबी गर्नुभएको छ ।

झापा क्षेत्र नम्बर ५ को चुनावी घरदैलोका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले देश बचाउने र देश जलाउने शक्तिहरूलाई चिनिसकेको बताउनुभएको हो । उहाँले विकास गर्ने र विनाश गर्ने शक्तिबीचको फरक जनताले बुझिसकेको उल्लेख गर्नुभयो । देश बचाउने र विकास गर्ने शक्तिलाई अत्याधिक मतले जिताउन आग्रह गर्नुभयो । ओलीले दमक र आसपासका क्षेत्रमा भएको विकासको स्मरण गराउँदै विकासको यो गतिलाई निरन्तरता दिन सूर्य चिन्हमा मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ अहिले कस्तो चलेको छ भने एउटा आकाशे हल्ला छ । एक दुई जना जनता अलिकति अल्मलिन्छ, अलिकति भ्रममा पर्छ । कोही कोही भ्रममा पर्छ तर आम जनता भ्रममा पर्दैन । जनता अब बाठो भइसक्या छ । देखिसक्या छ । बुझिसक्या छ । जनतालाई कसैले छक्काउन खोज्यो भने जनता छक्किने वाला छैन । त्यत्तिको बुझ्ने भइसक्या छ । जनता कसले विकास गर्छ, कसले आगो लाउँछ कसले देश बचाउँछ, कसले देश जलाउँछ यो कुरा थाहा पाइसकेको छ जनताले । त्यसर्थ देश जलाउनेलाई होइन देश बचाउनेलाई देश जलाउनेलाई होइन देशको विकास गर्नेलाई यस पल्टको निर्वाचनमा अझ बढी मतले जिताउनुपर्ने आवश्यकता परेको छ । हामी त्यस कुरामा सचेत छौँ भन्ने मैले ठानेको छु, मैले विश्वास गरेको छु ।’

अध्यक्ष ओलीले जनताले अब कसले विकास गर्छ र कसले आगो लगाउँछ भन्नेकुराको फैसला गर्ने बेला आएको बताउनु भयो ।


प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?