Trending
>>   आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार >>   पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी >>   मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य >>   उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने >>   सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा >>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल >>   मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ? >>   पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुस : रवि लामिछाने >>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा


नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता, कार्यकर्तालाई सामाजिक सञ्जालमा भिडेर बस्ने काम नगर्न निर्देशन दिनुभएको छ । शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उहाँले सामाजिक सञ्जालले घृणा फैल्याउने काम गर्ने भएकाले त्यसको भर नपरी घरघरमा गएर प्रचार अभियानमा जुट्न सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभएको हो । सभापति थापाले मुलुक एक्लै नबन्ने भएकाले आफूले सबै दललाई सँगै लिएर अघि बढ्ने बाटो तय गरेको समेत बताउनु भयो । आफूले प्रधानमन्त्री हुने मौका पाए सबै दलहरुलाई साथ लिएर अघि बढ्ने सभापति थापाको भनाई थियो । देश एक्लै नबन्ने उल्लेख गर्दै उहाँले एमाले, रास्वपालगायतका सबै दलसँग सहकार्य गरेर अघि बढ्नु नै मुलुकको हितमा हुने समेत बताउनु भयो । सभापति थापाले भन्नुभयो,‘तपाईहरुले केवल सामाजिक सञ्जालमा भिडेर मात्रै हुँदैन । सामाजिक सञ्जाल जहिले पनि सामान्यता कसको पक्षमा हुन्छ ? जसले घृणा फैल्याउँछ । जस्तो म अहिले यहाँ आए । यहाँ आएर २ जनालाई गाली गरेँ । केही तुच्छ कुरा बोले । बेलुका त्यो भाईरल हुन्छ । त्यो कन्टेन्ट बन्छ । तर मैले प्रेमको कुरा गर्छु । सृजनाको कुरा गर्छु । विकासको कुरा गर्छु, मिलाउने कुरा गर्छु । किन मलाई थाहा छ– देश एक्लैले बन्दैन, एक्लैले चल्दैन। मैले भोली प्रधानमन्त्री बन्ने मौका पाएभने मलाई एमाले पनि चाहिन्छ, मलाई माओवादी चाहिन्छ । मलाई रास्वपा चाहिन्छ । मलाई सबै पार्टी चाहिन्छ नि त । मैले त सबैलाई लिएर जानुपर्छ । संविधान संशोधन गर्नुपर्छ । चाहिएन, मलाई ६, ७४३ वडाको वडाध्यक्षको साथ चाहिन्छ । सात प्रदेशको साथ चाहिन्छ । चाहिदैन ?’ सभापति थापाले सामाजिक सञ्जालमा तुच्छ कुरा गरेर आफू भाईरल हुने पक्षमा नरहेको पनि बताउनु भयो ।

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता, कार्यकर्तालाई सामाजिक सञ्जालमा भिडेर बस्ने काम नगर्न निर्देशन दिनुभएको छ ।

शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उहाँले सामाजिक सञ्जालले घृणा फैल्याउने काम गर्ने भएकाले त्यसको भर नपरी घरघरमा गएर प्रचार अभियानमा जुट्न सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभएको हो । सभापति थापाले मुलुक एक्लै नबन्ने भएकाले आफूले सबै दललाई सँगै लिएर अघि बढ्ने बाटो तय गरेको समेत बताउनु भयो । आफूले प्रधानमन्त्री हुने मौका पाए सबै दलहरुलाई साथ लिएर अघि बढ्ने सभापति थापाको भनाई थियो । देश एक्लै नबन्ने उल्लेख गर्दै उहाँले एमाले, रास्वपालगायतका सबै दलसँग सहकार्य गरेर अघि बढ्नु नै मुलुकको हितमा हुने समेत बताउनु भयो ।

सभापति थापाले भन्नुभयो,‘तपाईहरुले केवल सामाजिक सञ्जालमा भिडेर मात्रै हुँदैन । सामाजिक सञ्जाल जहिले पनि सामान्यता कसको पक्षमा हुन्छ ? जसले घृणा फैल्याउँछ । जस्तो म अहिले यहाँ आए । यहाँ आएर २ जनालाई गाली गरेँ । केही तुच्छ कुरा बोले । बेलुका त्यो भाईरल हुन्छ । त्यो कन्टेन्ट बन्छ । तर मैले प्रेमको कुरा गर्छु । सृजनाको कुरा गर्छु । विकासको कुरा गर्छु, मिलाउने कुरा गर्छु । किन मलाई थाहा छ– देश एक्लैले बन्दैन, एक्लैले चल्दैन। मैले भोली प्रधानमन्त्री बन्ने मौका पाएभने मलाई एमाले पनि चाहिन्छ, मलाई माओवादी चाहिन्छ । मलाई रास्वपा चाहिन्छ । मलाई सबै पार्टी चाहिन्छ नि त । मैले त सबैलाई लिएर जानुपर्छ । संविधान संशोधन गर्नुपर्छ । चाहिएन, मलाई ६, ७४३ वडाको वडाध्यक्षको साथ चाहिन्छ । सात प्रदेशको साथ चाहिन्छ । चाहिदैन ?’

सभापति थापाले सामाजिक सञ्जालमा तुच्छ कुरा गरेर आफू भाईरल हुने पक्षमा नरहेको पनि बताउनु भयो ।


प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?