Trending
>>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार >>   इतिहासदेखि वर्तमानसम्म मगर समुदायको भूमिका अविस्मरणीय : बालेन शाह >>   होलीका नाममा अराजक गतिविधि निषेध, उल्लंघन गरे कारबाही >>   रुकुम पश्चिमलाई देशकै नमूना बनाउने जनार्दन शर्माको उद्घोष >>   उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा आयोगको निगरानी >>   उद्योग तथा बजार अनुगमन नियमित हुन्छः महानिर्देशक जोशी >>   खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई >>   नेपालमा आएर निर्माण क्षेत्र देखी हस्पिटलसम्म काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढ्दै >>   आयोगको निमन्त्रणामा १५ जना विदेशी पाहुना निर्वाचन पर्यवेक्षण गर्न आउँदै >>   प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार


निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार यतिबेला सुनसान छ ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गएपछि मन्त्री, सांसद र राजनीतिक दलका शिर्ष नेताहरू निर्वाचन प्रयोजनका लागि आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा फर्किएसँगै सिंहदरबारको चहलपहल घटेको हो । निर्वाचन आउन अब मात्र ५ दिन बाँकी छ । आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेताहरू यतिबेला घरदैलो अभियान र चुनावी सभाहरूमा व्यस्त छन् । काठमाडौंका ठूला होटलदेखि चिया पसलसम्म चुनावी चर्चा चुलिएको भएपनि नीति निर्माणको थलो सिंहदरबार भने कर्मचारीहरूको नियमित उपस्थितिमा मात्र सिमित भएको छ । सिंहदरबारभित्रका विभिन्न मन्त्रालयहरूमा सर्वसाधारणको उपस्थिति नगन्य छ । मन्त्रीहरू पनि चुनावी सुरक्षा लगायतका प्रवन्ध र व्यवस्थापनको सुनिश्चितताका लागि विभिन्न जिल्लामा पुगेका छन् । यसले मन्त्रालयका दैनिक कार्यसम्पादनमा समेत केही सुस्तता देखिएको छ । गाउँ–गाउँमा चुनावी रौनक बढिरहँदा सिंहदरबारको यो मौनताले निर्वाचनको संवेदनशीलता र शक्ति विकेन्द्रीकरणको अभ्यासलाई पनि संकेत गरेको छ ।

अबको केही दिनमा हुने मतदानले सिंहदरबारमा नयाँ अनुहारहरू भित्र्याउनेछ वा पुरानाकै निरन्तरता हुनेछ । त्यो भने आम मतदाताको हातमा छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?