Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ


निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनका लागि देशका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ । कुटनीतिक नियोगका प्रमुखहरू, संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संघसंस्थाका आवासीय प्रतिनिधिहरू तथा विकास साझेदारहरूलाई सम्बोधन गर्दै भण्डारीले निर्वाचनका लागि स्म्पूर्ण तयारी पूरा भएको बताउनुभएको हो । उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन आयोग प्रतिवद्ध रहेको बताउनु भयो । निर्वाचनको सुचारु सञ्चालन र पर्यवेक्षणका लागि आयोगले निर्वाचन सूचना तथा समन्वय केन्द्र, कल सेन्टर र संयुक्त निर्वाचन सञ्चालन समिति स्थापना गरेको उहाँले जानकारी दिनुभया । साथै, निर्वाचनको समयमा फैलिन सक्ने भ्रामक सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति विरुद्ध आयोगले कडा कदम चालेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘१६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ । हामीले निर्वाचन जानकारी स्थापना गरेका छौं । यो सूचना तथा समन्वय केन्द्र, कल सेन्टर र संयुक्त निर्वाचन सञ्चालन समिति, जेईओसी, सहज सञ्चालनदेखि अवलोकनसम्मको लागि हो । हामीले गलत सूचना, मिथ्या सूचना र घृणायुक्त भाषण विरुद्ध कारबाही गरेका छौं । निर्वाचन आयोगले निर्वाचनको सफल सञ्चालनको लागि तपाईंको निरन्तर समर्थन र सहयोग र सद्भावको अपेक्षा गर्दछ ।’ आयोगले सम्पूर्ण सरोकारवालालाई निर्धक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन र सहयोग गर्न आग्रह गरेको छ ।

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनका लागि देशका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ ।

कुटनीतिक नियोगका प्रमुखहरू, संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संघसंस्थाका आवासीय प्रतिनिधिहरू तथा विकास साझेदारहरूलाई सम्बोधन गर्दै भण्डारीले निर्वाचनका लागि स्म्पूर्ण तयारी पूरा भएको बताउनुभएको हो । उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन आयोग प्रतिवद्ध रहेको बताउनु भयो । निर्वाचनको सुचारु सञ्चालन र पर्यवेक्षणका लागि आयोगले निर्वाचन सूचना तथा समन्वय केन्द्र, कल सेन्टर र संयुक्त निर्वाचन सञ्चालन समिति स्थापना गरेको उहाँले जानकारी दिनुभया । साथै, निर्वाचनको समयमा फैलिन सक्ने भ्रामक सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति विरुद्ध आयोगले कडा कदम चालेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘१६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ । हामीले निर्वाचन जानकारी स्थापना गरेका छौं । यो सूचना तथा समन्वय केन्द्र, कल सेन्टर र संयुक्त निर्वाचन सञ्चालन समिति, जेईओसी, सहज सञ्चालनदेखि अवलोकनसम्मको लागि हो । हामीले गलत सूचना, मिथ्या सूचना र घृणायुक्त भाषण विरुद्ध कारबाही गरेका छौं । निर्वाचन आयोगले निर्वाचनको सफल सञ्चालनको लागि तपाईंको निरन्तर समर्थन र सहयोग र सद्भावको अपेक्षा गर्दछ ।’

आयोगले सम्पूर्ण सरोकारवालालाई निर्धक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन र सहयोग गर्न आग्रह गरेको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?