Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु


दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स दुर्घटनाः झारखण्डमा ७ जनाको मृत्यु

भारत । झारखण्ड राज्यको चतरा जिल्लामा सोमवार राति दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स दुर्घटनाग्रस्त हुँदा चढेका सबै ७ जनाको मृत्यु भएको छ । मृतकहरूमा दुईजना क्रू सदस्य, एक बिरामी र उनका आफन्तहरू समावेश थिए ।

दुर्घटना राँचीबाट दिल्लीका लागि उडेको बीचक्राफ्ट सी–९० विमानले चतरा जिल्लाको सिमरिया नजिकैको जंगल क्षेत्रमा भएको हो । यो विमान राँचीको बिरसा मुंडा विमानस्थलबाट उडेको थियो । खराब मौसमका कारण उडान मार्ग परिवर्तनको अनुरोध गरेको थियो । तर केही मिनेटमै विमानको सम्पर्क विच्छेद भएको र रडारबाट हराएको थियो ।

विमान रेडबर्ड एयरवेज प्राइभेट लिमिटेडले सञ्चालन गरेको थियो। यो एयर एम्बुलेन्स एक बर्न पीडित बिरामी (सञ्जय कुमार) लाई दिल्लीमा उपचारका लागि लैजान व्यवस्था गरिएको थियो। बिरामीका परिवारले उपचार र विमानका लागि लाखौं रुपैयाँ ऋण लिएका थिए । तर यो यात्रा जीवन बचाउनुको सट्टा ७ जनाको ज्यान जाने दुखद् घटनामा परिणत भयो । दुर्घटना खराब मौसम र चट्याङका कारण भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) र एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्यूरो (एएआईबी) को टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । स्थानीय प्रशासनले क्षेत्रलाई घेराबन्दी गरी शवहरू निकालेर पोस्टमार्टमका लागि पठाइसकेको छ । यो घटनाले एयर एम्बुलेन्स सेवा र मौसममा उडान सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?