Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट


२९ चैत्र, रोल्पा । रोल्पामा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा गरिँदै आएको अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले परिवर्तन गाउँपालिका–४ र ५ का विभिन्न ठाउँमा करिब २८ रोपनीमा लगाएको २५ हजार पाँच सय अफिमका बोट नष्ट गरेको हो ।

अफिम खेती नष्ट गर्न प्रहरी नायब उपरीक्षक श्याम सारुमगर नेतृत्वको ३८ जनाको टोली खटिएको थियो । सारुमगर नेतृत्वको टोलीले परिवर्तन–४ खोलागाउँ, तारल र वसुन्धरामा करिब २० रोपनीमा पाखोबारीमा लगाएको अफिम खेती नष्ट गरेको हो । यहाँ करिब १८ हजार अफिमका बोट नष्ट गरिएका छन् ।

त्यसैगरी प्रहरीको अर्को टोलीले परिवर्तन–४ जैरेनी र तातापानी तथा परिवर्तन–५ बजेनीमा करिब आठ रोपनीमा लगाएको सात हजार पाँच सय अफिमका बोट नष्ट गरेको छ । उत्तरी र पूर्वी रोल्पामा गरिँदै आएको अवैध अफिम खेती हरेक वर्ष प्रहरीले नष्ट गर्ने गर्दछ ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?