Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो


नेपाली कांग्रेसको वेबसाइटबाट देउवा कार्यसमिति हटाइयो

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिक वेबसाइटबाट शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइएको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले पदबहाली गरेपछि पुरानो सूची हटाइएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।

यद्यपि, वेबसाइटमा थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अझै अपलोड गरिएको छैन। पदाधिकारीहरूको फोटो, नाम र सामाजिक सञ्जाल लिंकसहित सामग्री तयार गर्ने काम भइरहेको जनाइएको छ। पदाधिकारीहरू भने सर्वोच्च अदालतको फैसलापछि मात्रै पूर्णरूपमा काम गर्ने मानसिकतामा रहेको बताउँछन्। हाल निर्वाचनसम्बन्धी काम मात्र अघि बढाइएको छ।

गत पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनलाई पुरानो संस्थापन समूहले अस्वीकार गरे पनि निर्वाचन आयोगले गगन थापा–विश्वप्रकाश शर्मा नेतृत्वको महाधिवेशनलाई मान्यता दिएको छ। त्यसविरुद्ध दायर रिटमा सर्वोच्चले आयोगसँग १५ दिनभित्र लिखित कारण पेश गर्न निर्देशन दिएको छ।


प्रकाशित मिति: १३ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?