Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण


काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी छन्।

नेपाली सेनाका अधिकारी र उच्च कर्मचारीसहित उनले आयोजनाको प्रगति अवलोकन गर्दै निर्माण कार्य तीव्र गतिमा अघि बढाउन निर्देशन दिएकी हुन्। उनले आवश्यक सहयोग सरकारबाट हुने आश्वासनसमेत दिइन्।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिब ७१ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ। काठमाडौंलाई बाराको निजगढसँग जोड्ने यो मार्ग रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

आयोजना २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहे पनि नीतिगत जटिलता, भौगोलिक चुनौती र जग्गा अधिग्रहणका कारण प्रभावित हुँदै आएको छ। २०८२ असार मसान्तसम्म भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको जनाइएको छ।


प्रकाशित मिति: १३ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?