Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य


गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य

चितवन । गैँडाको आक्रमणबाट माडीमा एक युवकको ज्यान गएको छ। माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईलाई सोमबार घाँस–दाउरा संकलनका क्रममा घर नजिकैको मरड खोलामा गैँडाले आक्रमण गरेको थियो।

गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्षमा वन्यजन्तु आक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ, दुवै घटनामा गैँडाकै आक्रमण रहेको पुष्टि गरिएको छ।


प्रकाशित मिति: १३ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?