काठमाडौँ । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार बिहान पार्टीका नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका बस्नेतको प्रस्तावक एमाले भक्तपुर अध्यक्ष बचन देउवा र समर्थक राष्ट्र शमशेर थापा रहेका छन् ।
भक्तपुर–२ मा रास्वपाका राजीव खत्री र नेपाली कांग्रेसका कबिर राणासहितका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराउँदै छन्, जसले चुनावी प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलवार