विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिन बालेन्द्र (बालेन) शाह आज दमक उत्रिएका छन् । हजारौं समर्थकको जोशिलो उपस्थितिसहित उनी दमक नगरपालिका वडा नम्बर ८ मा रहेको निर्वाचन अधिकृतको कार्यालयतर्फ अघि बढेका हुन् ।
नारा, ताली र उत्साहले दमकको वातावरण तातेको छ । ‘परिवर्तन’ र ‘नयाँ राजनीतिको संकेत’का रूपमा हेरिएका बालेन केही बेरमै निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराउने कार्यक्रम छ ।
समर्थकहरूको बाक्लो सहभागिताले झापा–५ को चुनावी माहोललाई थप रोचक बनाएको छ भने बालेनको यो उपस्थितिलाई आगामी चुनावी प्रतिस्पर्धाको महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलवार