Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा


स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा

एजेन्सी । स्पेनको दक्षिणी क्षेत्रमा भएको एउटा भीषण रेल दुर्घटनामा कम्तीमा ४० जनाको ज्यान गएपछि प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।

आईतवार साँझ मालागाबाट म्याड्रिडका लागि छुटेको ३१७ यात्रु सवार रेल कोर्डोवा शहरभन्दा २० किलोमिटर उत्तरमा पर्ने अदामज नजिकै लिकबाट बाहिरिएको थियो । अधिकारीहरूकाअनुसार दुर्घटनामा ४८ जना घाइते भएका छन् । जसमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री सान्चेजले आफ्नो निर्धारित कार्यक्रम रद्ध गरी घटनास्थलको निरीक्षण गर्नुभएको छ । यस दुःखद् घटनाको निष्पक्ष एवं पारदर्शी छानबिन गर्ने आश्वासन दिनुभएको छ ।

अन्डालुसिया क्षेत्रीय सरकारका प्रमुख जुआन्मा मोरेनोका अनुसार रेल लिकबाट बाहिरिँदा भएको ठक्कर यति शक्तिशाली थियो कि केही यात्रुहरू उछिट्टिएर रेलबाट सयौँ मिटर टाढा फेला परेका थिए । भर्खरै नयाँ ट्रयाक बिछ्याइएको सीधा खण्डमा भएको यस दुर्घटनामा चालकको त्रुटी हुने सम्भावनालाई अधिकारीहरूले लगभग अस्वीकार गर्दै पूर्वाधार वा रेलको प्राविधिक गडबडीबारे अनुसन्धान शुरु गरेका छन् ।


प्रकाशित मिति: ६ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?