काठमाडौँ । लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेसँगै लौरो चुनाव चिन्ह उनको वा उनको समूहको रनह नसक्ने लौरो अभियानका अभियान्ता डम्बर साहुले बताउनु भयो । उहाँकाअनुसार लौरो स्वतन्त्रहरुको प्रतिक हो । बालेन्द साह र उनको टिमले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारित रुपमा फिर्ता गर्न माग गर्नुभयो ।
उँहाले लौरो चुनाव चिन्ह कुनै व्यक्ति, समूह वा गुटको नभएको बताउनु भयो ।लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको छ ।
प्रकाशित मिति: २४ पुष २०८२, बिहीबार