Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा


सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति विपरीत कार्य गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा

काठमाडौं।  नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति विपरीत गैरव्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारीहरूलाई कारवाही गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालहरूमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोषाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई विभागीय कारवाही गरिएको हो ।

कारवाही पर्नेहरूमा प्रहरी नायब महानिरीक्षक १ जना, प्रहरी वरिष्ठ उपरीक्षक १ जना, प्रहरी उपरीक्षक ४ जना, प्रहरी नायब उपरीक्षक ५ जना, प्रहरी निरीक्षक २४ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक ११ जना, प्रहरी नायब निरीक्षक २४ जना, प्रहरी सहायक निरीक्षक ५१ जना, प्रहरी वरिष्ठ हवल्दार ७ जना, प्रहरी हवल्दार ३५ जना, सहायक हवल्दार ७६ जना, प्रहरी जवान ३ सय ५८ जना र प्रहरी कार्यालय सहयोगी २ जना रहेका छन् । उनीहरूलाई संगठनको नीति विपरीत कार्य गरेकोमा सख्त चेतावनी, नसिहत देखि बढुवा रोक्का सम्मको कारवाही गरिएको छ ।

नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन मिति २०७१/०९/११ मा परिपत्र गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने सम्बन्धी Guidelines लागु गरेको छ । साथै नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ एवम् प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा गरिएका परिपत्रहरुमा समेत प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालमा गैरव्यावसायिक र अमर्यादित आचरण प्रदर्शन हुनेगरी हातहतियार, पोषाक, सवारी साधन लगायत प्रहरी गतिविधिका भिडियो/फोटो अपलोड गर्न, टिकाटिप्पणी गर्न बन्देज गरिएको छ । यसैगरी सामाजिक सञ्जालको प्रयोग गर्दा प्रहरी कर्मचारीहरूले गोपनियता, शान्ति सुरक्षा, धार्मिक तथा साम्प्रदायिक गतिविधि लगायतमा खलल पुग्ने जस्ता कुनै पनि सामग्री पोष्ट, शेयर, लाइक या टिप्पणी गर्न हुदैन ।

पछिल्लो समय नेपाल प्रहरीको सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति विपरीतका सामग्री हटाउन र कारवाहीको दायरामा ल्याउने कार्यलाई नेपाल प्रहरीले तीब्र बनाएको छ ।


प्रकाशित मिति: २४ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?