Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

हेटौँडामा मुख्य सडक विस्तारः २०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने (तस्बिरहरु)


हेटौँडा। हेटौँडा उपमहानगरपालिकाले शहरका मुख्य सडकहरूको विस्तार गर्ने तयारी गरेको छ ।

यो योजनाअन्तर्गत सडकको मूल भाग (केन्द्र रेखा) बाट दायाँतर्फ ५० मिटर र बायाँतर्फ २५ मिटरभित्र पर्ने संरचना हटाइने भएको छ । विशेष के छ भने यो मापदण्डभित्र २०३१ सालमा नै सडक मुआब्जा लिएर बनेका घरहरू पनि पर्नेछन् । अर्थात करिव ५१ वर्षअघि सडकको लागि मुआब्जा लिएका जग्गाधनीहरूले बनाएका घर तथा भवनहरू अहिले आएर सडक विस्तारका नाममा भत्काउनुपर्ने अवस्था आएको छ । यस योजनाले हेटौँडा बजार क्षेत्र, राप्ती रोड, पूर्व–पश्चिम राजमार्ग खण्ड, बुद्धचोक–हुप्रचौर सडक, स्कुल रोड लगायतका मुख्य मार्गहरू प्रभावित हुनेछन् । सयौं घर तथा व्यवसायिक भवनहरू भत्काउनुपर्ने अनुमान गरिएको छ । स्थानीय बासिन्दाहरू भने आक्रोशित छन् ।

उपमहानगरपालिकाले प्रभावित परिवारलाई उचित मुआब्जा र पुनर्वासको व्यवस्था गर्ने आश्वासन दिएको छ । तर मुआब्जा दर र प्रक्रियाबारे औपचारिक निर्णय भइसकेको छैन । आगामी दिनमा यो विषयले ठूलो विवाद निम्त्याउने निश्चित देखिएको छ ।

 


प्रकाशित मिति: २५ मंसिर २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?