मुम्बई । भारतको पश्चिमी राज्य गोवाको एक नाइटक्लवमा भएको विनाशकारी आगलागीमा चार पर्यटकहरूसहित २५ जनाको मृत्यु भएको छ । अन्य धेरै जना घाइते भएका प्रहरीले जनाएको छ ।
गोवाको राजधानी पणजीबाट लगभग १६ किलोमिटर उत्तरपश्चिममा रहेको उत्तरी गोवा जिल्लाको अर्पोरा गाउँमा रहेको लोकप्रिय नाइटक्लव, बिर्च बाई रोमियो लेनमा आगलागी भएको हो । आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन । प्रहरी र अग्निशमन विभागको अनुसन्धान जारी छ ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल पोस्टमार्फत मृत्युप्रति शोक व्यक्त गरेका छन्।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार