Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त


काठमाडौं। नेपाल प्रहरीका नयाँ महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। ३० वर्षे सेवा अवधि पूरा हुने भएकाले वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अवकाशमा जान लागेका छन्। त्यसअघि नै सरकारले कार्कीलाई नयाँ प्रहरी प्रमुख बनाएको हो।

कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थिए। जेनजी आन्दोलनका बेला उनले उपत्यकाको कमाण्ड सम्हालेका थिए। इमानदार र अनुशासित प्रहरी अधिकृतका रूपमा चिनिएका कार्कीले काठमाडौं, लुम्बिनीदेखि मानव स्रोत विभाग र आईजीपी सचिवालयसम्मको अनुभव सँगालेका छन्।

कुनै ठूलो आर्थिक विवादमा नमुछिएका उनी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पनि रहिसकेका छन्।


प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?